दफा ७
सार्वजनिक स्वास्थ्यको रक्षाको लागि नियम बनाउने नेपाल सरकारको अधिकार
कुनै विमानस्थलमा भएका वा आई पुगेका वायुयानबाट कुनै सरुवा रोग फैली सार्वजनिक स्वास्थ्यमा हुने खतराबाट बचाउनको लागि र विमानस्थलबाट प्रस्थान गर्ने वायुयानले त्यस्तो सरुवा रोग ओसार्न नपाउने गर्नको लागि नेपाल सरकारले नियम बनाउन सक्छ । ती नियम नेपाल राजपत्रमा प्रकाशित भएपछि लागू हुनेछन् ।